गायक दुर्गेश थापालाई ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान’ले संस्थागत रूपमा बहिष्कार गर्ने भएको छ l हालै दुर्गेशले गाएको गीत ‘बीच्च बीच्चमा ४’ लाई प्रतिष्ठानले हटाउनु पर्ने माग गर्दा पनि उक्त कुरालाई बेवास्ता गरेको भन्दै दुर्गेशलाई संस्था बाट आजीवन बहिष्कार गर्ने निर्णय लिएको हो l
चौतर्फी रूपमा गीतको आलोचना भए पछि सो गीत हटाउनु पर्ने माग आएको थियो l उक्त गीतले तीजको मर्ममाथि प्रहार गरेको गुनासो दर्शक बाट आयपछि दोहोरी गीत प्रतिष्ठानले साउन ७ गते दुर्गेशलाई ध्यानाकर्षण पत्र नै काटेको थियो । प्रतिष्ठानका एक पदाधिकारीले ‘हामीले उहाँलाई पत्र काटेरै ध्यानाकर्षण गराएका थियौँ । तर उहाँले, प्रतिष्ठानको केही मतलब छैन ।
म आफ्नो तरिकाले अगाडि बढ्ने हो भन्ने खालको जवाफ दिनुभयो’ ‘आइतबारको बैठकमा हामी उहाँलाई संस्थागत रूपमा संस्थाका कुनै पनि कार्यक्रममा समावेश नगर्ने, आजीवन साधारण सदस्य पनि नरहने गरेर बहिष्कार गर्ने निर्णय गर्दैछौं ।’ भनेर बताएका छन् l