कुन कुन बैंक बाट निशुल्क आइपिओ भर्न सकिन्छ थाहा पाउनुहोस्

आर्थिक

आईपीओ भर्दा कतिपय बैंकबाट निशुल्क भर्न मिल्छ भने कतिपय बैंकले शुल्क लिने गरेका छन् ।

निःशुल्क सेवा दिने बैंकहरु

राष्ट्रिय वाणिज्य, नेपाल बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, एनआईसी एशिया बैंक, एनसीसी बैंक, नबिल बैंक, मेगा बैंक, ग्लोबल आइएमई बैंक र सेञ्चुरी कमर्सियल बैंकमा खाता रहेका ग्राहकहरुले निःशुल्क सेवा दिइरहेका छन् ।

कसको शुल्क कति ?

सी–आस्वा सेवा दिएवापत १२ वटा वाणिज्य बैंकले १ रुपैयाँदेखि १०० रुपैयाँसम्म शुल्क तय गरेका छन् ।

जसमध्ये सबैभन्दा बढी स्ट्यान्र्डड चार्डर्ट बैंकले १ सय रुपैयाँ शुल्क तोकेको छ ।

प्राइम कमर्सियल बैंक, प्रभु बैंक, नेपाल बंगलबादेश बैंक, माछापुच्छ्रे बैंक, सिभिल बैंक, बैंक अफ काठमाण्डू, कृषि विकास बैंक र सनराइज बैंकमा खाता रहेका लगानीकर्ताले सेयरमा आवेदन दिँदा सि(आश्वा सेवा वापत बैंकलाई प्रतिआवेदन १० रुपैयाँ बुझाउनुपर्नेछ ।

त्यसैगरी, एनएमबि बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, हिमालयन बैंक र कुमारी बैंकमा

खाता रहेकाहरुले २० रुपैयाँ सिआश्वा तिर्नुपर्नेछ छ ।

लक्ष्मी बैंक र नेपाल एसबिआई बैंकमा खाता रहेका लगानीकर्ताले प्रतिआवेदन २५ रुपैयाँका दरले सि आश्वा सेवा शुल्क बुझाउनु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *