अनलाइन कक्षाले बालबालिकामा मनोसामाजिक स्वास्थ्य समस्या

शिक्षा

यो वर्ष पनि को’रोना म’हामा’रीको दोस्रो लहरका कारण विद्यालय बन्द छन् । स्थानीय पालिकाहरूले दिएको निर्देशन पालना गर्दै विद्यालयहरूले आन्तरिक मूल्याङ्कनपछिइन्टरनेट पहुँचमा भएका विद्यार्थीलाई अनलाइन कक्षामा जोड्न थालेका छन् ।

म’हामा’रीको विषम परिस्थितिमा विद्यार्थीलाई सिकाइबाट बञ्चित हुन नदिन भन्दै सरकारले ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ कार्यान्वयन गराउन निर्देशन दिएको छ ।

निर्देशिकाले अनलाइन, रेडियो, टेलिभिजन, खुला शिक्षाबाट बालबालिकालाई सिकाइसँग जोड्न सकिने उपाय दिएको छ । बजार, सहरी क्षेत्रका अधिकांश बालबालिका अनलाइन कक्षामा जोडिएका छन् ।

तर एकोहोरो अनलाइन कक्षाले बालबालिकालाई सकारात्मकभन्दा नका’रात्मक प्रभाव पार्न थालेको बाल मनोविद्हरू बताउँछन् । विद्यालयको निरन्तर एकतर्फी कक्षाले उनीहरूको मनोसामाजिक स्वास्थ्यमा अ’सर देखिन थालेको उनीहरूको दाबी छ ।

नया पत्रबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *