कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीबाट डा. जागेश्वर गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हटाएको छ ।
मन्त्रीस्तरीय निर्णयका आधारमा गौतमलाई थापाथलीस्थित प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको छ ।स्वास्थ्य मन्त्रालयको प्रवक्ता रहेका डा. गौतमलाई मन्त्रालयले १० जेठमा युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारी तोकेको थियो ।
यसैबीच स्वास्थ्य समन्वय शाखामा विवेकलाल कर्णलाई सरुवा गरिएको छ ।