ओलीको पक्षमा सर्वोच्चको आदेश, कर्णालीका चार एमाले सांसदको पद गयो

देश

सर्वोच्च अदालतले कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर माओवादी नेतृत्वको सरकारलाई मत दिएपछि एमालेले चार सांसदमाथि गरेको कारबाही वैधानिक भएको ठहर गरेको छ।

सर्वोच्चको यो आदेशसँगै कर्णालीमा एमालेका प्रदेश सांसदहरु अमरबहादुर थापा, कुर्मराज शाही, प्रकाश ज्वाला र नन्दसिंह बुढाको पद गएको हो। फ्लोर क्रस गरेपछि एमालेले कारबाही गरेका यी सांसदको पद सर्वोच्चले यसअघि अन्तरिम आदेश दिएर जोगाइदिएको थियो।

तर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासमा सोमबार गरिएको सुनुवाइपछि अदालतले आफू आवद्ध संसदीय दलको निर्णयविपरीत फ्लोर क्रस गर्नु लोकतान्त्रिक पद्धति एवम् संस्कार र मान्यता अनुकूल नभएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *