उडुसको टोकाइबाट रातभर सुत्न नपाएकाहरुले यसबाट कसरी मुक्ति पाउन सकिन्छ भन्ने जिज्ञासा हुनसक्छ । उडुसको टोकाइबाट शरीर चिलाउने, सुन्निने तथा एलर्जी हुनुका साथै विभिन्न रोगहरुसमेत लाग्नसक्छ । उडुस सानो र छिट्टै लुक्ने परजीवी भएकाले यसलाई निर्मुल पार्न एकदमै कठिन हुन्छ ।
एउटा माउ उडुसले आफ्नो जीवन कालभर पाँचसय अण्डा पार्छ । यसरी गुणात्मकरुपमा फैलिने जाँदा यसले पूरै घर, छिमेकलाई समेत प्रभावित बनाउँछ । यसको नियन्त्रणमा जति ढिलाइ गर्यो, त्यति नै सास्ती भोग्नुपर्ने भएकाले बेलैमा सबै चनाखो हुनु जरुरी छ । नखाएर पनि लामो समय बाँच्न सक्ने यो परजीवीलाई नियन्त्रणमा सघाउने केही घरेलु विधि यस्ता छनः
१ रातो खुर्सानीः रातो खुसार्नीको गन्धले पनि उडुसहरू छिटो भाग्छन् । रातो खुर्सानीको धूलो उडुस भएको ठाउँमा छरियो भने यसले उडुस निष्क्रिय हुने गर्छन् ।
२) पुदिनाको रसः उडुसले पुदिनाको गन्ध सहन नसक्ने भएकाले यसका केही पात आफ्नो ओछ्यानमा राख्न सकिन्छ । यदि घरमा साना बच्चा छन् भने उनीहरू सुत्ने ठाउँमा पनि पुदिनाका पात राखिदिनु राम्रो हुन्छ । सुत्ने बेला तपाईं पुदिनाका पात पिसेर आफ्नो शरीरमा दल्न पनि उडुसले रोक्न कम हुन्छ ।
३) रोजमरीः रोजमेरीको गन्धले पनि उडुस भाग्छ । रोजमेरीको रस उडुस बसेको ठाउँहरुमा छर्दा उडुसको टोकाइबाट बच्न सकिन्छ ।
४) लेवेण्डरः उडुसले लेवेडरको गन्ध सहन नसक्ने भएकाले यसको पात उडुस भएको ओछ्याउनमा दल्न सकिन्छ । लेवेडरको पर्फ्युम स्प्रे गर्नाले पनि उडुसको प्रकोपबाट बच्न सकिन्छ ।
५) नीलगिरीः नीलगिरीमा औषधीय गुण हुनुका साथै उडुस मार्ने क्षमता पनि हुने भएकाले यसको केही थोपा उडुस भएको ठाउँमा छर्कन सकिन्छ । नीलगिरीको तेल, रोजमेरी तथा लेवेण्डरको स्प्रे बनाई छर्किएर पनि उडुसबाट छुटकारा पाउन सकिन्छ ।
६) बिनका पातः बिनका पात पहिलेदेखि नै उडुस मार्न प्रयोग हुँदै आएको पाइन्छ । तर, यसको चमत्कारी गुणहरूबारे भने कमै मात्र थाहा छ । हालै गरिएको एक अध्ययनले बिनका पातले उडुस मार्ने प्रमाणित गरेको छ ।
७) टी ट्री स्प्रेः टी ट्रीको तेल एण्टी माइक्रोबियलको रूपमा परिचित छ । उडुसबाट छुटकारा पाउन पनि यो उत्तिकै उपयोगी छ । उडुस भगाउनका लागि टी ट्रीको तेलको एउटा ठूलो सिसी खरीद गरी यसमा अलिकति पानी मिसाएर केही पातलो बनाई स्प्रे बोतलमा भरेर भित्ता, पलङ, दराज, फर्निचर, डसना, कपडालगायत सामग्रीमा छर्कनुपर्छ। यसलाई एक हप्ता लगातार छर्कनाले सधैंभरका लागि उडुसबाट छुटकारा पाउन सकिन्छ ।
८) नीमको तेलः नीमको तेल उत्तर भारतमा पाइने नीमबाट निकालिन्छ । यसमा धेरै एण्टी माइक्रोबियल गुण हुन्छन् । कीराहरू टाढा राख्न यसको प्रयोग गरिन्छ । नीमको तेल औषधि पसलमा सजिलै पाइने भएकाले खरिद गरी उडुस भएको ठाउँ तथा घरको सबै भागमा छर्कन सकिन्छ । साथै, साबुनमा यसलाई मिसाएर कपडा धुने गर्नाले यसको गन्धले उडुस टाढा भाग्छ ।
९) थाइम अजवाइनको फूलः थाइम इटलीको एक लोकप्रिय बुटी हो, जसको प्रयोग खानामा स्वाद बढाउन गरिन्छ । थाइमले उडुसलाई सीधा असर त गर्दैन, तर यसको गन्ध उडुसले सहन गर्न सक्दैन । यसको गन्धले उडुसहरू लुकेको ठाउँबाट निस्कन्छन् । थाइमका पात जालीदार ब्यागमा राखेर उडुस भएको ठाउँमा राखिदियो भने उडस भाग्छ । हरेक ३ दिनमा ब्यागका पात निकालेर ताजा पात राख्नुपर्छ । यसो गर्नाले उडुसको तनावबाट मुक्त हुन सकिन्छ ।
१०) स्वीट फ्लेगः स्वीट फ्लेगलाई कलामस पनि भनिन्छ । यसको प्रयोग रसायनमा आधारित कीटनाशक बनाउन गरिन्छ । यसमा एण्टी माइक्रोबियल गुण हुन्छ, जसको कारणले उडुसजस्ता परजीवी भगाउँछ । यसबाट बनेको हर्बल कीटनाशक किचेन गार्डेनसम्बन्धी पसलमा पाउन सकिन्छ । स्वीट फ्लेगको पाउडर ल्याएर त्यसको प्याकेटमा लेखिएको निर्देशनअनुसार त्यसको घोल बनाई आफ्नो घरको कुनाकुना (उडुस भएको ठाउँ)मा छर्कनुपर्छ ।