लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

देश

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रानीनामा दिएका छन् । मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष राजनीमा बुझाएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले विज्ञप्ति मार्फत् जानकारी दिएका छन् ।

‘माननीय प्रदेश प्रमुख श्री धर्मनाथ यादवज्यू समक्ष लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री शंकर पाखेरेलले नेपालको संविधानको धारा १६९ (१) (क) अनुसार मुख्यमन्त्री पदबाट दिनुभएको राजनीमा आज मिति २०७८ साल वैशाख १९ गतेका दिन माननीय प्रदशे प्रमुखज्यूले स्वीकृत गर्नुभएको छ’, विज्ञप्तिमा भनिएको छ ।

यससँगै अर्को व्यवस्था नभएसम्मका लागि पोखरेलकै नेतृत्वको सरकारले कामचलाउ कार्यभार सम्हाल्ने विज्ञप्तिमा उल्लेख छ ।

वैशाख ६ गते मुख्यमन्त्री पोखरेलविरुद्ध कांग्रेस–माओवादीसहितका दलले अविश्वस प्रस्ताव ल्याएका थिए । सो प्रस्ताव र विपक्षीको निवेदनका आधारमा आज विशेष अधिवेशन बस्नुअघि नै मुख्यमन्त्रीले राजीनामा दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *