सरकार परिवर्तनसँगै मौद्रिक नीति आउन ढिला भएको छ । सरकारले बजेटमा परिवर्तन गर्ने संकेत गरेपछि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन ढिलाइ गरेको हो ।
अर्थमन्त्रालयले सरकारको निर्णय कुर्न भनेपछि नेपाल राष्ट्र बैंकले तयारी अवस्थामा रहेको मौद्रिक नीति प्रस्तुत गरेन । मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाइ तथा सदनमा अंकगणितका कारण पुरानै बजेटले निरन्तरता पाउने अवस्था भएपछि मौद्रिक नीति प्रस्तुत गर्ने तयारी भएको हो ।
अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकको स्वायत्तामा हस्तक्षेप नगरेको बताएपछि नेपाल राष्ट्र बैंक मौद्रिक नीति ल्याउनका लागि कसिएको छ । मौद्रिक नीतिको सन्दर्भमा पूर्वगभर्नरहरुसँग अन्तर्क्रियामा उनीहरुले सरकारको बजेटलाई पर्खेर बस्न हुन्न भन्दै चाँडो मौद्रिक नीति प्रस्तुत गर्न सुझाव दिएका थिए ।