कोरोनाकोबिचमा आयोजना हुन लागेको सुपरानेशनल पेजान्टको १२ औं संस्करणका लागी नेपालको प्रतिनिधित्व गर्न मिस नेपाल सुपरनेशनल २०२० शिमल कनौजिया मंगलार पोल्याण्ड प्रस्थान गर्नुभएको छ ।
कनौजियाले आगामी अगस्ट २१ मा पोल्याण्डको नोवा स्याक्समा आयोजना हुने मिस सुपरानेशनल पेजान्टको १२ औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्नुहुने छ ।
यसअघि कनौजिया काठमाडौंमा आयोजित मिस नेपाल प्रतियोगितामा मिस नेपाल सुपरानेशनल क्राउन जित्नुभएको हो । उहाँ मिस सुपरानेशनल प्रतियोगितामा भाग लिने तेस्रो मिस नेपाल सुपरानेशनल हुनुहुन्छ ।
कार्यक्रममा कनौजियालाई मुख्य कोरियोग्राफर रचना गुरुङ शर्मा, आधिकारिक फोटोग्राफर राज भाई सुवाल, आधिकारिक पोशाक डिजाइनर मनीष राई, कासा र रानीको कलेक्सनले नजिकबाट तयार पारेको छ ।