हेलम्बु र मेलम्ची आएको बाढीले हालसम्म १०८ घर बगायो

खास खबर

हेलम्बु र मेलम्ची क्षेत्रमा आएको बाढीले हालसम्म १०८ घर बगाएकाे छन् । गत साउन १६ देखि आएको बाढीले मंगलबार साँझसम्ममा पक्की घर ४५ वटा र कच्ची घर ६३ वटा बगाएको हो । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार हेलम्बु गैरावेशीको एक घर, ग्याल्थुम र ढुङ्ग्रेबजारको ३१ घर, चनौटेका २३ घर, चिउडीखर्क र तल्लो तिम्बुको ११ घर, चनौटे, चेप्टे र किउलका १९ घर, तालामाराङका ६ घर, हेलम्बु-७ का ४ घर, मेलम्ची-११ का ४ घर, मेलम्ची-६ का ५ घर र मेलम्ची-७ का ३ घर बाढीले बगाएको छ ।

एक कच्ची पुल, एक झोलुङ्गे पुल पनि बाढीले बगाएको छ । त्यस्तै दुई पक्की पुलको अवस्था अज्ञात छ । बाढीले पुल छोपेपछि ती पुलको अवस्था अज्ञात भएको हो । त्यस्तै फर्निचर उद्योग एक, रेडियो मेलम्चीको भवन एक र इस्ट पोइन्ट स्कुल पनि बाढीले बगाएको छ । यी संरचनाहरु असार १ को बाढीबाट प्रभावित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *