टि–ट्वान्टीमा अन्तर्राष्ट्रियमा बंगलादेशको ऐतिहासिक जित

खेल

बंगलादेशले पहिलो टी–ट्वान्टी क्रिकेटमा अष्ट्रेलियामाथि ऐतिहासिक जित निकालेको छ । घरेलु टिम बंगलादेशले अष्ट्रेलियालाई पराजित गर्दै ऐतिहासिक जित निकालेको हो । मंगलबार ढाकामा भएको पहिलो खेलमा बंगलादेशले अष्ट्रेलियालाई २३ रनले पराजित गरेको हो । टि–ट्वान्टी अन्तर्राष्ट्रियमा अष्ट्रेलियाविरुद्ध बंगलादेशको यो ऐतिहासिक जित हो । यसअघि बंगलादेशले टि–ट्वान्टीमा अष्ट्रेलियालाई हराउँन सकेको थिएन ।

खेलमा बंगलादेशले दिएको १३२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा अलआउट हुँदै १०८ रन मात्र जोड्न सक्यो । अष्ट्रेलियाका लागि मिचेल मार्शले ४५ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै मिचेल स्टार्कले १४ रन जोडे ।

बलिङतर्फ बंगलादेशका नासुम अहमेदले ४ विकेट लिए । मुस्ताफिजुर रहमान र शोरिफुल इस्लामले २/२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १३१ रन बनाएको थियो ।

बंगलादेशका लागि शकिब अल हसनले ३६ रन जोड्दा मोहमद नाइमले ३० रन बनाए । यस्तै अफिफ होसेनले २३ रन जोडे । बलिङतर्फ अष्ट्रेलियाका जोस हाजलउडले ३ विकेट लिए । मिचेल स्टार्कले २ विकेट लिए । जितसँगै बंगलादेशले पाँच खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।

Leave a Reply

Your email address will not be published.