चीनमा अनलाइन गेमलाई लागू औषध बराबर भनिएपछि शेयर घट्यो

प्रवास

बीबीसी । चिनियाँ राष्ट्रिय संचारले युवामाझ अति लोकप्रिय ‘अनलाइन गेमिङ’ लाई ‘इलेक्ट्रोनिक ड्रग्स’ अर्थात विद्युतीय लागू औषधको नाम दिएपछि देशका दुई सबैभन्दा ठूला गेमिङ फर्मको शेयरमा ठूलो गिरावट आएको छ ।

टेनसेन्ट र नेटइजको शेयर हङकङमा मात्र १० प्रतिशतले घटेको हो । यस्तोमा लगानीकर्ताहरु सरकारले गेमिङ फर्मलाई निशाना बनाइरहेकामा अधिक चिन्ता जनाइरहेका छन् ।

पछिल्लो समय चिनियाँ सरकारले प्रविधि र निजी शैक्षिक संस्थाहरुमा आफ्नो पकड थप बलियो पार्न विभिन्न कडा नीतिहरु लागु गरिरहेको छ । राष्ट्रद्वारा सञ्चालित ‘इकोनोमिक इन्फर्मेसन डेली’ मा प्रकाशित लेखमा विशेषगरी किशोरावस्था समूह अनलाइन गेमिङको लतमा नराम्ररी फस्दा यसले भयानक असर पारिरहेको उल्लेख गरिएको छ । सो समाचार आउटलेट सिन्ह्वा न्युजसँग प्रत्यक्ष आबद्ध रहेको छ । टेनसेन्टको अत्यन्तै लोकप्रिय गेम, ‘अनर अफ किङ्स’ विद्यार्थीले दैनिक आठ घण्टासम्म खेल्ने गरेको ठहर गर्दै गेमिङ उद्योगमा कडाइ अपनाउन भनिएको छ ।

यसमा लेखिएको छ, “कुनैपनि उद्योग, कुनैपनि खेल एउटा पूरै पीढीलाई नै विनाश गर्ने किसिमले विकसित हुन पाउनु हुँदैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *