क्रिकेटबाट टाढिएको छैन र टाढिने पनि छैन : पारस खड्का

खेल

नेपाली क्रिकेटको राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले संन्यास लिएर आफू क्रिकेटबाट टाढा नभएको स्पष्ट पारेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको भोलिपल्ट (बुधबार) पत्रकार सम्मेलन गर्दै पारसले भने, ‘क्रिकेटबाट टाढिएको छैन र टाढिने पनि छैन । मेरो भूमिकामात्रै फरक भएको हो ।’

उनले आफूले उपयुक्त समयमा संन्यास लिएको बताउँदै अगाडि भने, ‘संन्यासको विषयमा मैले धेरैचोटी सोचेर नै लिएको हो । यो डिसिजन मैले कसैसँग सोधेर लिएको हैन । मेरो आफ्नै निर्णय हो ।’

यस्तै खड्काले क्रिकेट व्यवस्थापनमा सफल भए राजनीतिमा आउन सक्ने बताए । उनले भने, ‘म क्रिकेट संघमा जान्छु । तर संघको भूमिकामा रहने भविष्यले बताउँछ । आजबाट मेरो करिअर र चुनौती सुरु भएको छ ।’

Leave a Reply

Your email address will not be published.