मनाङ र मुस्ताङमा सबैजनाले लगाए कोरोनाको खोप

स्वास्थ्य

गण्डकी प्रदेशका मनाङ र मुस्ताङमा कोरोनाको पूर्ण खोप लगाइएको छ। नेपालमा कोरोना विरुद्धको खोप अभियान सुरु गरेपछि मनाङ र मुस्ताङका सम्पूर्ण नागरिकलाई खोप लगाइएको हो।

हालसम्म मुस्ताङमा एक सय ८९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने मनाङमा ७३ जना काेराेना संक्रमणकाे चपेटामा परेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। मन्त्रालयका अनुसार मुस्ताङमा एक सय १६ जना पुरूष र ७३ जना महिलामा काेराेना संक्रमण पुष्टिभएकाे हाे। यस्तै मनाङमा ३४ जना पुरूष र ३९ जना महिलामा काेराेना संक्रमण पुष्टि भएकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मनाङमा छ हजार ५ सय ३८ जनसंख्या रहेको छ। प्रतिवर्गकिलोमिटर ३ जनाको जनघनत्व रहको मनाङमा ७४ प्रतिशत साक्षरता रहेको छ।

यस्तै अर्को पूर्ण खोप लगाएको जिल्ला मुस्ताङमा २०६८ सालको जनगणना अनुसार १३ हजार चार सय ५२ जनसंख्या रहेको छ। गत माघबाट सुरु भएको खोप अभियानको हालसम्म २ जिल्लालाई पूर्ण भ्याक्सिनेट गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *