ओबामा जन्मदिन मनाउने तयारीबाट पछि हटे

प्रवास

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले यस हप्ता पर्ने आफ्नो ६०औँ जन्मदिन भव्य गरी मनाउने तयारी गरेका थिए । मार्थाज भाइनयार्डमा मनाइने तय गरिएको उनको जन्मोत्सवको पार्टीमा विश्व चर्चित हस्तीहरुलाई बोलाइएको थियो । कुल ४०० अतिथि सहभागी हुने भनिएको थियो ।

तर, अधिक संक्रमित मानिएको कोरोनाको डेल्टा भेरियन्ट फैलने चिन्ताका कारण उनको पार्टीको स्तर केही सानो बनाइएको उनकी प्रवक्ताले बताएकी छन् ।

ठूलो संख्यामा अतिथिहरु बोलाउने योजना बनाइरहँदा उनले अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रको परीक्षणलगायत सुरक्षाका सबै मापदण्डहरु पनि अपनाउने तयारी गरेका थिए । सबै अतिथिको परीक्षण गरिनेदेखि सबै नियमहरु कडा रूपमा पालन गरिने भनिएको थियो । पार्टीकै लागि भनेर २०० स्टाफहरु पनि भाडामा लिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *