प्रभा र थानेश्वरको ‘फुर्के धागो २’ बजारमा (भिडियो)

मनोरञ्जन

गत बर्षको तीजमा फुर्के धागो बोलको गीतले सर्वाधिक चर्चा पाएपछि ‘फुर्के धागो २’ बजारमा आएको छ । यस बर्षको हिन्दु नारीको महान पर्व तीजलाई लक्षित गरेर सोही टिमले ‘फुर्के धागो २’ बोलको गीत सार्बजनिक गरेको हो ।

गीतलाई ‘जननी नेपाल’ नामक युटुब च्यानल मार्फत गीत सार्वजनिक गरिएको हो । प्रभा बर्तौलाको शब्दमा रहेको गीतमा गायक तथा संगीतकार थानेश्वर गौतम र शोभा गौतमको स्वर रहेको छ।

गीतमा संगीत पनि गायक गौतमले नै भरेका छन् । गीतमा पछिल्लो समय फुर्के धागो गीतबाट चर्चामा रहेका मोडल नयन डिसी र अञ्जली अधिकारीको अभिनय देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published.