एमाले विभाजनमा लागेको माधव नेपाल समूह केपी ओलीसँगै मिल्ने, सरकारमा नजाने

देश

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले असार २७ मा कार्यदलले गरेको १० बुँदे सहमतिकै आधारमा एकता टुंग्याउने निर्णय लिएको छ। माधव पक्षीय केन्द्रीय कमिटीको दुई दिनदेखि जारी बैठक सकिएपछि बोल्दै नेता रघुजी पन्तले यसबारे जानकारी दिएका हुन्।

पार्टी एकताका लागि १० बुँदे सहमति भइसकेको छ। तर पार्टीका वरिष्ठ नेता र अन्यमाथि अनेक प्रकारका टिप्पणी र लाञ्छना लगाउने काम भइरहेका छन्, ती कुरा रोकिनुपर्छ’, पन्तले भने, ‘आफ्ना विचार व्यक्त गर्दा पार्टीका सबै नेताहरु जिम्मेवार र संवेदनशील हुनु आवश्यक छ।’

उनले पार्टी एकताका लागि कुराकानी र वार्ता चलिरहेका बेला सदस्यता नवीकरणसहितका काम रोक्न पनि अध्यक्ष केपी शर्मा ओली पक्षसँग आग्रह गरेका छन्। बैठकले यसबारे पनि निर्णय लिएको पन्तले बताए।

‘एकता वार्ता चलिरहेका बेला नवीकरण, पार्टी विभाग पुनर्गठन जस्ता काम रोकिनुपर्छ’, उनले भने, ‘अहिलेसम्म भएका १० बुँदे लगायतका सहमतिले एकताको आधार बनाएका छन्। १० बुँदेलाई कार्यान्वन गर्दै जानुपर्छ। अहिले पनि कुराकानी र वार्ता भइरहेको छ। पार्टीलाई एकतावद्ध बनाउन सजगतासाथ अघि बढ्ने निर्णय हामीले गरेका छौँ।

बैठकले यसबारे पनि निर्णय लिएको पन्तले बताए। ‘एकता वार्ता चलिरहेका बेला नवीकरण, पार्टी विभाग पुनर्गठन जस्ता काम रोकिनुपर्छ’, उनले भने, ‘अहिलेसम्म भएका १० बुँदे लगायतका सहमतिले एकताको आधार बनाएका छन्। १० बुँदेलाई कार्यान्वन गर्दै जानुपर्छ। अहिले पनि कुराकानी र वार्ता भइरहेको छ। पार्टीलाई एकतावद्ध बनाउन सजगतासाथ अघि बढ्ने निर्णय हामीले गरेका छौँ।

दुई दिन लामो बैठक चार बुँदे निर्णय गर्दै सकिए पनि पन्तले बताएका छन्। उनले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापाना गरेकोमा बैठकले स्वगत गरेको बताए। ‘बैठकमा वरिष्ठ नेता नेपालले सम्मानजनक पार्टी एकतामा जोड दिनु भयो। स्थायी कमिटीको बैठक र केन्द्रीय कमिटीमा पनि उहाँको धारणा त्यही थियो’, उनले भने, ‘आफ्नो सम्बोधन नेपालले हामीले पनि आलोचना गर्दा संयमित र हुनुपर्छ भन्नु भयो। दक्षिणपन्थी विचार त्यागौँ। केपी ओलीले जति गाली गरेपनि म पार्टी मिलाउने पक्षमा छु भन्नु भएको छ। केपी ओलीले अल्मल्याउने कुरा नहोला भन्नेमा उहाँको विश्वास थियो। उहाँले एकताको प्रयत्न गरौँ, हामीले एकतामै जोड दिनुपर्छ भन्ने कुरा राख्नु भयो।’

पन्तले अझै पनि कार्यदलको सदस्यहरुले वार्ता गरिरहेको बताए। ‘कार्यदलले मात्रै होइन, वरिष्ठ नेताहरुले कुरा गरिरहनु भएको छ। एकताका लागि विभिन्न तह र चरणमा प्रयत्न भइरहेका छन्। त्यो भन्दा मुख्य कुरा कार्यदलका १० जना साथीहरु लाग्नु भएको छ’, उनले अगाडि भने, ‘१० बुँदा मिल्यो, त्यसकै आधारमा एकता हुन्छ। दुवैतिर अविश्वास छ। एकले अर्कालाई आलोचना गर्ने काम भएको छ। एकअर्कालाई बुझ्नेमा समस्या छन्। एक महिनाभित्रै मिलाउने हाम्रो चाहना छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *