एमसीसी सम्झौता खारेज गर्न माग गर्दै टर्च बालेर विरोध प्रर्दशन

खास खबर

मिलिनियम च्यालेन्च कर्पोरेसन (एमसीसी) सम्झौता खारेज गर्न माग गर्दै शनिबार काठमाडौंमा टर्च बालेर विरोध प्रर्दशन भएको छ ।

स्वतन्त्र राष्ट्रिय अभियान नेपाल र उन्नत लोकतन्त्र पार्टीले एमसीसी सम्झौता मुलुकको हित विपरित रहेकाले खारेजीको माग गर्दै काठमाडौंको माइतिघरमा टर्च बालेर विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले एमसीसी देशका लागि राष्ट्रघाती हुने र नेपाललाई विदेशी शक्तिको रणभूमि बनाउने भन्दै प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा सहभागीहरुले एमसीसी चाहिदैन, आमा बेच्न पाइदैन, एमसीसी चाहिदैन देश बेच्न पाइदैन लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरुले राष्ट्रिय स्वाधीनताको विपरित रहेको एमसीसी कुनैपनि हालतमा मुलुकको हितमा नरहेकाले यसलाई खारेज गर्नुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *