भ्वाइस अफ नेपाल ३ को बिजेता बने किरण गजमेर

मनोरञ्जन

चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को सिजन ३ को उपाधि टिम प्रमोद बाट किरण गजमेर ले चुमेका छन्। शुक्रबार साझ भएको भोटिङको रिजल्ट अनुसार द भ्वाइसले टप ४ प्रतिभाहरुबाट भोटिङको आधारमा बिजेता घोषणा गरिएको हो । सेमिफाइनलमा द भ्वाइसको फर्म्याट अनुसार चार कोचहरुबाट एक एक जना प्रतिभाहरु फाइनलका लागि छानिएका थिए ।

टिम तृष्णाबाट अफ्रिता खड्गीलाई उछिन्दै ज्वाला राई फाइनलमा प्रवेश गरेका छन् । टीम प्रमोदबाट सिक्किमका रवि गहतराजलाई उछिन्दै अमेरिकाबाट आएका किरण गजमेर फाइनलमा प्रवेश गरेका थिए । टीम राजुबाट काठमाडौका सोनाम शेर्पालाई उछिन्दै बाग्लुङकी तारा श्रीष मगर फाइनल प्रवेश गरेकी हुन । त्यस्तै टीम दीपबाट बुटबलका गोविन्द पुनलाई उछिन्दै दार्जलिङका आर्यन तामाङ फाइनल प्रवेश गरेका हुन् ।

एसएमएस र प्रभु पे मार्फत देश विदेशबाट एक साता गरेको भोटिङका आधारमा यी फाइनालिस्टहरु छानिएका हुन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *