यार्सागुम्बासहित नागढुंगाबाट एक जना पक्राउ

खास खबर

अवैध तरिकाबाट ल्याएको जडिबुटी यार्सागुम्बा, सिलाजित र केशरीसहित प्रहरीले काठमाडौंको नागढुंगा चेकप्वाइन्टबाट एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा जुम्लाका २४ वर्षीय तुला कामी रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार काँकडभिट्टाबाट काठमाडौं आउदै गरेको ना।७ ख २१११ नम्बरको यात्रुबाहक बसमा चेकजाँचका क्रममा कामीका साथबाट ४१२ ग्राम यार्सा, ६५० ग्राम सिलाजित र १ सय ग्राम केशरी बरामद गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *