कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु, थपिए २ हजार १३७ नयाँ संक्रमित

खास खबर

नेपालमा कोरोना संक्रमणबाट थप ५५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार ९३ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार १३७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३३ पीसीआर परीक्षणमा आइतबार थप २ हजार १३७ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ३४५ परीक्षणबाट ४११ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १२ हजार ३७८ परीक्षणमा २ हजार ५४८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख १४ हजार ८७७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार २९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ६९ हजार २९९ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *