एमाले केन्द्रीय कमिटी बैठक बस्दै

देश

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दैछ। एमालेमा एकताको प्रयास भन्दै हिजो बोलाइएको केन्द्रीय कमिटी बैठक आजका लागि सारेको हो।
ललितपुरको च्यासलस्थिल तुलसीलाल स्मृति प्रतिष्ठान दिउँसो ३ बजे बस्ने बैठकमा पार्टीको विधान संशोधन,विधान अधिवेशनको तयारी,पार्टी एकता लगायत विषयमा छलफल हुने बताइएको छ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार केन्द्रीय कमिटी बैठक अघि बिहान ११ बजे स्थायी कमिटी बैठक बस्दैछ। बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्नेछ।

नेपाल पक्षसँग सहमति गर्ने प्रयास स्वरुप आइतबारको बैठक सारिएको एमाले संस्थापनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *