अस्ट्राजेनेकाको दोस्रो डोज खोप आजबाट लगाइँदै

स्वास्थ्य

कोभिडविरुद्धको खोपको दोस्रो डोज खोप लगाउन बाँकी रहेका ज्येष्ठ नागरिकलाई आजदेखि खोप दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत शुक्रबार सचिवस्तरीय निर्णय गर्दै कोभिसिल्ड लगाएकाहरूलाई दोस्रो मात्रा एस्ट्राजेनेका खोप दिने निर्णय गरेको हो ।

भुटान र जापानबाट आएको अस्ट्राजेनेका खोप ६५ वर्ष माथिका जेष्ठ नागरिकसहित १३ लाख ६८ हजार नागरिकलाई दिइने भएको हो ।

जापानबाट ल्याइएको खोप आजदेखि प्रदेश १ र २ बाहेक अन्य प्रदेशमा दोस्रो डोज अस्ट्राजेनेका खोप दिइन लागेको स्वास्थ्य सेवा विभागअन्तरगतकाे खोप शाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *