नेपाल नागरिक उड्डयन प्राधिकरण स्थापना भएको २३ औ वर्षमा सञ्चालन भई रहदा ताल्लुक मन्त्रालयको बकदृष्टी का बावजूद भखरै सबल हुँदै गरेको अवस्थामा यसलाई टुकयाएर दुई वटा प्राधिकरणमा विभाजन गर्ने उद्देश्यले संघिय संसदमा विचाराधिन रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ र हवाई सेवा प्राधिकरण विधेयक २०७६ को विपक्षमा रहि आम कर्मचारीहरु तपसिलका कारणले आन्दोलनमा उत्रिन बाध्य भएका छौं ।
-देशभरिका विमानस्थलहरुको सञ्चालन खर्च थेग्दै आएको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल ( त्रि.अ.वि.) लाई हवाई माफियाहरुको चङ्गुलमा पर्न बाट रोक्न । -विशेष गरि अन्तर्राष्ट्रिय हवाई यात्रुहरुले महंगी हवाई भाडा तिर्न बाध्य भई रहेकोमा नियमन निकाय कमजोर हुँदा मुनाफाखोरी बढन गई यात्रुहरुले थप व्ययभार व्योहोर्नु पर्ने देखिएकोले ।
– तत्कालिन हवाई विभागलाई स्वायत संस्थाको रुपमा रुपान्तरण गरि स्थापना भएको नेपाल नागरिक प्राधिकरणलाई नै थप सशक्त बनाई प्रभावकारी रुपमा नियमन कार्य र आम जनतालाई सुलभ दरमा सेवा प्रदान गर्ने व्यवस्था मिलाउन । -अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनबाट जारि भएका मापदण्ड र शिफारिशहरुको प्रभावकारी कार्यान्वयनको अवस्था विश्व स्तरको समकक्षमा नै रहेकोले अत्यन्तै कमजोर देखिएको वायुयान दुर्घटना जाँचको लागि स्वतन्त्र स्थायी आयोग गठन गरी उक्त स्तरमा अभिवृद्धि गर्नु पर्ने । -विश्वभरि नै उड्डयन सुरक्षको लागि सदस्य राष्ट्रहरुसँग सहकार्य गर्ने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मार्ग दर्शन बमोजिम नेपाल जस्तो हवाई गतिविधि न्यून रहेका राष्ट्र छुटा छुटै नियामक र सेवा प्रदायक संस्थाको गठन गर्दा राज्यको व्ययभार बढनुका साथै दोहोरोपना (नेपालमा तेहरोपना) को अवस्था आई लाल फिताशाही बढन गई सेवा प्रभाव सहज नहुने ।
– उस्तै उस्तै उद्देश्य पूर्तीका लागि दुई दुई वटा प्राधिकरण विश्वमा कहि पनि नभएकाले केहि सिमित व्यापारीवर्गको स्वार्थपूर्तीको लागि मात्र सार्वभौम् मूलुकमा भईरहेको विदेशी संघसंस्थाको नाङ्गो हस्तक्षेप रोक्न ।
– निहित उद्देश्यपूर्तीको लागि संस्था बाहिरबाट माहानिर्देशक र प्रमुख कार्यकारी अधिकृत एवं सञ्चालकहरुको नियुक्ती हुँदा राष्ट्रसेवक कर्मचारीहरुको मानमर्दन गर्ने र हुर्मत लिने जस्ता प्रवृती बढन गई कर्मचारीहरुको मनोबल गिराउने भएकोले उड्डयन सुरक्षामा जोखिम बढने अवस्था सिर्जना हुन सक्ने ।
यसर्थ, प्राधिकरणका कर्मचारीहरुले आन्दोलन गरिरहेका छन । आन्दोलनरत कर्मचारी र प्राधिकरणबीच मंगलबार पहिलो चरणको वार्ता नि भयो तर वार्ता असफल भएको मधेस तराई कर्मचारी युनियनका अध्यक्ष अनिलकुमार गुप्ताले जानकारी दिनुभयो ।