नागरिक उड्‌डयन प्राधिकरणका कर्मचारीले आज तेस्रो दिन पनि आन्दोलन चर्काए [फोटोफिचर]

खास खबर

उनीहरुले बदनीयतपूर्वक प्राधिकरण टुक्राउन लागिएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेर सोमबारदेखि चरबद्ध रुपमा पेन डाउन तथा महानिर्देशकको कार्यकक्षमा धर्ना दिइरहेका छन् ।

आन्दोलनरत कर्मचारी र प्राधिकरण व्यवस्थापन बीच मंगलबार पहिलो चरणको वार्ता नि भयो तर वार्ता असफल भएको मधेस तराई कर्मचारी युनियनका अध्यक्ष अनिलकुमार गुप्ताले जानकारी दिनुभयो ।

गुप्ताका अनुसार व्यवस्थापनले माग सम्बोधन गर्न आफ्नो कुनै भूमिका नहुने छलफलमा बताएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *