लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

देश

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनु अगावै उनले राजीनामा दिएका हुन् । पोख्रेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा पत्र बुझाएका छन् ।

उनीविरुद्ध कांग्रेस, माओवादी, जसपालगायतको गठबन्धनले अविश्वासको प्रस्ताव दिएका छन् । उक्त प्रस्ताव आज नै निर्णयार्थ प्रस्तुत गर्ने तयारी संसद् सचिवालयको छ ।

Leave a Reply

Your email address will not be published.