उप-निर्वाचनका लागि आजबाट दल दर्ताको प्रक्रिया सुरु

निर्वाचन आयोगले उप-निर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलको दल दर्ता आजबाट सुरू गर्दैछ । वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनको प्रयोजनका लागि चैत ८ देखि चैत १२ गतेको समय सीमा तोकेर दर्ताका लागि आव्हान गरे अनुसार आजबाट दल दर्ता सुरु गर्न लागेको हो । चितवन–२, बारा–२ र तनहुँ–१ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ । […]

पुरा पढ्नुहोस » » »

फोन रेकर्ड गर्न सकिने कानुन ल्याउँदै

अदालतको आदेशबिनै सरकारले अब कानुन बनाएरै व्यक्तिको फोन रेकर्ड गर्नसक्ने व्यवस्था ल्याउन लागेको छ । दुई वर्षअघि मात्रै सूचना प्रविधि विधेयकले अभिव्यक्ति स्वतन्त्रता हक जोखिममा परेको भन्दै तीव्र आलोचना भएपछि सो विधेयक त्यतिकै थाती रहेको थियो । तर, अहिले सरकारले पुनः दूरसञ्चारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमार्फत् व्यक्तिको फोन रेकर्ड गर्न सक्नेगरी कानुन […]

पुरा पढ्नुहोस » » »

उपराष्ट्रपति निर्वाचनमा राप्रपाले मतदान नगर्ने

नयाँ उपराष्ट्रपति चयनका लागि आज मतदान हुँदै छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ। मतदानका लागि बिहान १० देखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ। उपराष्ट्रपति पदका लागि चार जना उम्मेदवार प्रतिस्पर्धामा छन्। नेकपा (एमाले)बाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा तथा जनता समाजवादी पार्टीबाट प्रमिला कुमारी […]

पुरा पढ्नुहोस » » »

आज उपराष्ट्रपति निर्वाचन, नतिजा आजै सार्वजनिक गरिने

 उपराष्ट्रपति चयनका लागि आज मतदान हुँदै छ ।  निर्वाचन अधिकृतको कार्यालयले सम्पूर्ण तयारी पूरा भएको र बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मतदान हुने जनाएको छ । उपराष्ट्रपति पदका लागि चार जना उम्मेदवार छन् । नेकपा (एमाले)बाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा तथा जनता समाजवादी पार्टीबाट प्रमीला कुमारी यादव […]

पुरा पढ्नुहोस » » »

एमालेका आठ जना मन्त्रीहरूले बुझाए राजीनामा

नेकपा एमालेका आठ जना मन्त्रीहरूले प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा बुझाएका छन् । उनीहरुले बालुवाटारमा ‘प्रचण्ड’लाई भेटेर राजीनामा बुझाएका हुन् । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा एमालेका ८ जना सरकारमा गएका थिए । एमालेको सोमबार बसेको सचिवालय बैठकले प्रधानमन्त्रीमाथिको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

पुरा पढ्नुहोस » » »

प्रतिनिधि सभा बैठक बस्दै

प्रतिनिधि सभाको बैठक आज बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकमा जसपा सांसद शहनाज रहमानको निधनमा शोक प्रस्ताव प्रस्तुत हुनेछ । शहनाजको गत शनिबार भक्तपुरको मध्यपुर अस्पतालमा निधन भएको थियो । उनको निधनमा सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । शोक प्रस्ताव पारित गरेपछि अन्य कार्यसूचीमा प्रवेश नगर्ने प्रचलन […]

पुरा पढ्नुहोस » » »

सन्दीपको मुद्दाको पेशी आज

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदैछ । न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा आइतबार सुनुवाइ भएको मुद्दा हेर्दाहेर्दैमा परेकाले आज पनि सोही इजलासमा सुनुवाइ हुन लागेको हो । सन्दीपलाई उच्च अदालत पाटनले धरौटीमा छाडेपछि उनलाई पुर्पक्षका लागि थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन दिएको थियो । त्यस्तै सन्दीप लामिछानेले […]

पुरा पढ्नुहोस » » »

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बस्ने बैठकमा राष्ट्रपति निर्वाचन र चितवन–२ मा हुने उपनिर्वाचनको तयारीका विषयमा छलफल हुने पार्टी उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए। स्वतन्त्र पार्टी राष्ट्रपतिको निर्वाचनमा कुनै पनि उम्मेदवारको प्रस्तावक वा समर्थक बसेको छैन । कसलाई मतदान गर्ने भन्ने विषयमा […]

पुरा पढ्नुहोस » » »

’निर्वाचित भएमा जनताले अनुभुति हुने गरी काम गर्छु’ : नेम्वाङ

 राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराए पछि एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले निर्वाचित भएमा जनताले अनुभुति हुने गरी काम गर्ने बताए । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आफनो उम्मेदवारी दर्ता गराए पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै बिगतमा राजाको सन्तानले राष्ट्रप्रमुख भएर काम गर्ने प्रचलन तोडेर जनताको छोराले राष्ट्रप्रमुख हुने भुमिका आएको जनाउँदै नेम्वाङले भने, ‘निर्वाचित भएमा जनताले अनुभुती गर्ने गरी […]

पुरा पढ्नुहोस » » »

राष्ट्रपतिमा रामचन्द्र पौडेलकाे उम्मेदवारी दर्ता

नेपाली कांग्रेसका रामचन्द्र पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गरेका छन । संसद सचिवालयका अनुसार प्रस्तावकमा शेरबहादुर देउवा, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोक कुमार राई र अब्दुल खान रहेका छन भने समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहेका छन । पौडेललाई माओवादी केन्द्र, जसपा, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, […]

पुरा पढ्नुहोस » » »