पैचोका उत्पादन अमेरिकासम्म पुर्याउन एमओयू

काठमाडौं । ग्रामीण क्षेत्रको कृषिजन्य उत्पादनलाई प्रशोधन गरी बिक्रि वितरण गर्दै आएको पैचो पसल प्रालीद्वारा उत्पादित ‘पैचो उत्पादन’ हरु अब संयुक्त राज्य अमेरिकाका विभिन्न राज्यमा उपलब्ध हुने भएको छ । पैचोले आफनो उत्पादनलाई विश्वभर छरिएर बसेका नेपाली डायस्पोरामाझ पुर्याउने उद्देश्यले अमेरिकामा निर्यात सुरुवात गरेको हो । पैचोका उत्पादन अमेरिका पुर्याउन न्यूयोर्कमा कार्यालय रहेको फेन्सी हाउस […]

पुरा पढ्नुहोस » » »

काठमाडौंकाअवैध संरचना भत्काउन डोजर लिएर आफैँ पुगे

काठमाडौंमा रहेका अवैध संरचना हटाउन काठमाडौंका मेयर बालेन शाह आक्रामक रुपमा प्रस्तुत भएका छन । त्यस्ता संरचना हटाउन ३५ दिने सूचना निकाल्दा पनि अटेरी गरेपछि मेयर शाहले अवैध संरचना भत्काउने अभियान स्वरुप डोजर लिएर आफैँ भत्काउन पुगेका छन । आज मात्रै शाहले सुन्धारास्थित काठमाडौं मलअगाडि रहेका अवैध संरचना भत्काएका छन । संरचना भत्काउनुअघि ट्राफिक प्रहरीको […]

पुरा पढ्नुहोस » » »

ट्रान्सफर्मर बिग्रिँदा छ्याङदी हाइड्रोपावर घाटामा

काठमाडौं । गत आर्थिक वर्षमा ट्रान्सफर्मर बिग्रदा छ्याङदी हाइड्रोपावरलाई ३ करोड ३९ लाख ४१ हजार रुपैयाँ घाटा लागेको छ। गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा यस्तो घाटा व्यहोरेको हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा यस हाइड्रोपावर कम्पनीले ९७ लाख ९३ हजार रुपैयाँ नाफा कमाएको थियो । ट्रान्सफर्मरमा खराबीका कारण ८५ दिनसम्म विद्युत उत्पादन हुन […]

पुरा पढ्नुहोस » » »

स्वावलम्बन लघुवित्तको नाफा १३.०९ प्रतिशतले बढ्यो

काठमाडौं : स्वावलम्बन लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ७० करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यस अवधिसम्म संस्थाले यो नाफा अघिल्लो वर्षको भन्दा १३.०९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यसले ६१ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको थियो। गत असार मसान्तसम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी १४.९० प्रतिशतले बढेको छ । […]

पुरा पढ्नुहोस » » »

मौद्रिक नीति कार्यान्वनको लागि जारी सर्कुलरमा के छ ?

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वनको लागि सर्कुलर जारी गरेको छ। सर्कुलरअनुसार कोराना कालमा दिएको धेरै सुविधाहरु हटाइएको छ। कोरोना कालमा दिएको कर्जासम्बन्धी सुविधा नेपाल राष्ट्र बैंकले हटाउने निर्णय गरेको हो। कोभिड–१९ बाट न्यून प्रभावित, मध्यम प्रभावित तथा अतिप्रभावित क्षेत्रमा प्रवाहित कर्जाको सावाँ तथा ब्याज रकमलाई कुनै किसिमको थप पेनाल ब्याज/शुल्क/हर्जाना/ब्याजको ब्याज नलिई हुने समय […]

पुरा पढ्नुहोस » » »

बैंकिङ कसुरका घटना किन बढिरहेको छ ?

पछिल्लो समय चेक बाउन्सका कारण बैंकिङ कसुरका घटना वृद्धि हुँदै गएको छ । पछिल्ला समयका घटना हेर्दा बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी चन्द्रागिरी नगरपालिका १ बस्ने श्याम बहादुर दर्जी भन्ने ४८ वर्षीय श्याम बहादुर थापा यहि साउन ११ गते मात्रै प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको गत असार ३ गतेको फैसलाले बैंकिङ कसूर […]

पुरा पढ्नुहोस » » »

भाडा बढाउन माग गर्दै पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित

काठमाडौं । ढुवानी भाडा बृद्धिको माग पुरा नभएको भन्दै पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित भएका छन् । बढेको पेट्रोलियम पदार्थको मूल्यअनुसार ढुवानी भाडा समायोजन नगरिंदा आफूहरुलाई नोक्सान भएको भन्दै व्यवसायीहरुले भाडा वृद्धि नभए पेट्रोलियम ढुवानी रोक्ने चेतावनी दिएका छन् । महासंघका अध्यक्ष खगेश्वर बोहोराद्वारा शुक्रबार जारी विज्ञप्तिमा ढुवानी भाडा समायोजनको माग पुरा गर्न निगमलाई आइतबारसम्म साँझसम्मको […]

पुरा पढ्नुहोस » » »

संसदीय अध्ययन प्रतिवेदन भन्छ : राष्ट्रिय गौरवका आयोजनामा समस्यै समस्या

काठमाडौ‌ । संसदीय अध्ययन समितिले राष्ट्रिय गौरवका आयोजनामा समस्या नै समस्या रहेको निष्कर्श निकालेको छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिले गरेको हालै गरेको अध्ययनमा त्यस्ता आयोजना घोषणा गर्दा पूर्वतयारी नभएकोदेखि कार्यान्वय गर्ने स्पष्ट मोडालिटी नहुँदा धेरैजसो आयोजनाहरुमा समस्या रहेको निष्कर्श निकालिएको छ । प्रतिवेदन अनुसार राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवका आयोजना छनोट गर्दा रणनीतिक […]

पुरा पढ्नुहोस » » »

निर्वाचनको मिति घोषणा हुँदै, प्रचण्ड र गृहमन्त्री खाँणबीच छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान खुमलटारमा दुई नेताबीच समसामयिक विषयवस्तुबारे कुराकानी भएको छ । नागरिकता विधेयक, संघ र प्रदेश निर्वाचनको मिति घोषणालगायत विषयमा कुराकानी भएको बुझिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको मिति घोषणा गर्न विभिन्न दलका प्रमुख र कांग्रेसकै नेताहरूसँग […]

पुरा पढ्नुहोस » » »

धितोपत्र बोर्डले सार्वजनिक गरेकोे नीति तथा कार्यक्रम यस्ता छन्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७९/८०को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । एक कार्यक्रमका बीच सार्वजनिक भएको नीति तथा कार्यक्रममा बोर्डले बुक बिल्डिङका लागि अटोमिटिक इलेक्ट्रोनिक सिस्टम बनाउने उल्लेख छ । बुक बिल्डिङ प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय रूपमा प्रयोगमा रहेको अटोमेटिक इलेक्ट्रोनिक सिस्टम प्रयोगमा ल्याउने बोर्डले जनाएको छ । बजेटमा उल्लेख भएका १ […]

पुरा पढ्नुहोस » » »