नुवाकोटको सिसडोलमा रंगशाला बनाउने बालेन्द्रको योजना

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नुवाकोटको ल्यान्डफिल्ड साइट सिसडोलमा रंगशाला बनाउनेबारे छलफल अघि बढाएका छन्। ग्रासरुट फुटबल र रंगशाला निर्माण गर्नेबारे बालेन्द्रले अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनमा अध्यक्षका उम्मेदवार पंकजविक्रम नेम्वाङसँग छलफल गरेका छन्। महानगरका क्लबबाट खेल्ने खेलाडी उत्पादन गर्नको लागि सम्बन्धित पक्षसँग सहकार्य गर्दै ग्रासरुट फुटबलका कार्यक्रम सञ्चालन गर्न मेयर शाहले चाहेको […]

पुरा पढ्नुहोस » » »

एमालेका जनप्रतिनिधिको रात्रिभोज

नेकपा एमालेका जनप्रतिनिधिलाई बिहीबार साँझ रात्रिभोज आयोजना गरेको छ। राजधानीको थापागाउँस्थित कार्की ब्यान्क्वेटमा नवनिर्वाचित जनप्रतिनिधिलई रात्रिभोज आयोजना गरेको हो। २०५ पालिका प्रमुख र २४० पालिका उपप्रमुखलाई एमालेले प्रशिक्षणका लागि काठमाडौं बोलाएको थियो। बिहीबार र शुक्रबार राष्ट्रिय सभागृहमा हुने प्रशिक्षणमा सहभागी जनप्रतिनिधिलाई कार्की ब्यान्क्वेटमा रात्रिभोज र फोटोसेसन आयोजना गरिएको थियो।  

पुरा पढ्नुहोस » » »

हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता

सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ । साेमबार बसेको मन्त्रिपरिषद् बैठकले हप्तामा दुई दिन बिदा दिने निर्णय फिर्ता लिएको हो ।असार १ गतेबाट लागू हुने गरी आइतबारको बिदा खारेज गरिएको छ । सरकारले इन्धन खपत कम गर्ने भन्दै गत जेठ १ गतेदेखि सातामा दुई दिन शनिबार र आइतबार बिदा दिँदै आएको […]

पुरा पढ्नुहोस » » »

दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको हराइरहेको विमान

हराइरहेको ताराको ट्विनअटर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । मुस्ताङको थासाङ गाउँपालिका २ सानोस्वारेमा दुर्घटनाग्रस्त अवस्थामा उक्त ट्विनअटर भेटिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए । जोमसोमबाट नेपाली सेना र प्रहरीको टोली सोमबार बिहान हेलिकोप्टरमार्फत सम्भावित क्षेत्रमा ट्विनअटर खोज्‍न गइरहेको बेलामा दुर्घटनाग्रस्त विमानको भग्नावशेष भेटाएका हुन् । यसबारेमा थप विवरण आउन बाँकी छ ।

पुरा पढ्नुहोस » » »

राष्ट्र बैंकको संकेत ! विदेशी मुद्रा सञ्चितीमा दबाब परे मौद्रिक नीतिलाई थप कस्ने

विदेशी मुद्रा सञ्चितीमा दबाब परे मौद्रिक नीतिलाई थप कस्ने राष्ट्र बैंकले संकेत गरेको छ । ‘मूल्य र बाह्य क्षेत्र स्थायित्वमा देखा परेको दबाब यथावत रहेकोले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा लिइएको कार्यदिशालाई निरन्तरता दिइएको छ,’ मौद्रिक नीतिको तेस्रो त्रैमाशिक समीक्षा शुक्रबार गर्दै भनिएको छ, ‘तर, मुद्रास्फीति तथा विदेशी विनिमय सञ्चितिको आयात धान्ने क्षमतामा दबाब पर्दै गएमा […]

पुरा पढ्नुहोस » » »

मतदातालाई धन्यवाद दिन र्‍यालीसहित निस्किए, वालेन्द्र साह ‘बालेन’

काठमाडौं महानगरको मेयरमा निर्विचित भएपछि वालेन्द्र साह ‘बालेन’ मतदातालाई धन्यवाद दिन र्‍यालीसहित निस्किएका छन्। राष्ट्रिय सभागृहबाट बालेनको टोली भद्रकाली त्रिपुरेश्वर हुँदै काठमाडौंका मतदातालाई धन्यवाद दिन निस्किएका हुन्। बालेनसँग आँखीझ्याल चुनाव चिन्ह लिएर चुनाव लडेका स्वतन्त्र उम्मेदवार सुमन सायमि पनि सहभागी छन्। धन्यवाद र्‍याली थापाथली माइतीघर, बबरमहल, बिजुलीबजार, युएन पार्क कारीडोर हुँदै तीनकुने पुग्ने र त्यहाँबाट […]

पुरा पढ्नुहोस » » »

सलमान खानको ‘दबंग टुर’ स्थगित

बलिउड अभिनेता सलमान खानको ‘दबंग टुर रिलोडेड’ स्थगित भएको छ । जेठ १४ गते दशरथ रंगशालामा हुने भनिएको उनको दबंग टुर कार्यक्रम अन्तिम समयमा आएर रोकिएको छ । ओडिसी इन्टरटेन्मेन्टको आयोजनामा हुन लागिएको उक्त कार्यक्रममा सलमान लगायत, सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायत बलिउड कलाकारहरु नेपाल आउने तय थियो । सलमान कार्यक्रमको अघिल्लो दिन […]

पुरा पढ्नुहोस » » »

निजी क्षेत्रमा कर्जा प्रवाह बढ्यो, ६६.९ प्रतिशत कर्जा घर जग्गामा

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १३.५ प्रतिशतले वृद्धि भएको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २२.५ प्रतिशतले बढेको थियो । ‘वार्षिक बिन्दुगत आधारमा २०७८ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १७.८ प्रतिशतले बढेको छ,’ […]

पुरा पढ्नुहोस » » »

काठमाडौंबाट मतदाताहरु जिल्लातर्फ बाहिरिने क्रम जारी

वैशाख ३० गते हुने स्थानीय चुनावमा मतदान गर्न काठमाडौंबाट मतदाताहरु जिल्लातर्फ बाहिरिने क्रम बढेको छ । विभिन्न जिल्लामा मतदाता नामावली रहेका मानिसहरु आफ्ना स्थानीय जनप्रतिनिधि छान्न उत्साहजनक रुपमा गाउँतिर लागेका छन् । बुधबार बिहान कलंकी, कोटेश्वर, जडिबुटी, बालाजु लगायतका नाकाहरुमा उपत्यकाबाट बाहिररिने मतदाताहरुको बाक्लो भिडभाड देखिएको छ । केही दिनयता काठमाडौंबाट गाउँतर्फ लाग्ने क्रम यसैगरी […]

पुरा पढ्नुहोस » » »

विकास निर्माणको काममा लापर्बाही कायमै‚ सात कम्पनी कालोसूचीमा

विकास निर्माणको काम जिम्मा लिएर समयमै पुरा नगर्ने प्रवृत्ति कायमै देखिएको छ । विभिन्न सरकारी निकायहरूको सिफारिसमा सरकारले समयमै काम पूरा नगर्ने विभिन्न सात निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ। प्रहरी प्रधान कार्यालयको प्रबन्ध निर्देशनालय, नक्सालको सिफारिसमा एसियन लेटर इण्डस्ट्रिज प्रालि र मोर्डन सुज प्रालि जेभीलाई ३ वर्षका लागि कालोसूचीमा राखिएको छ। यस्तै शहीद […]

पुरा पढ्नुहोस » » »