टर्की भूकम्पमा मृत्यु हुनेको संख्या ४३ सय नाघ्यो

साेमबार दक्षिणी टर्की र उत्तरी सिरियामा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा ४ हजार ३ सय जनाको ज्यान गएको छ । उद्धार कार्य जारी रहेकोले मृत्यु तथा घाइतेको संख्या अझै बढ्न सक्ने बीबीसीले जनाएको छ । भूकम्पपछि टर्कीमा २ हजार ९०० भन्दा बढी  र सिरियामा १४ सयभन्दा बढी मानिसको मृत्यु भएको बताइएको छ । त्यसैगरी १५ […]

पुरा पढ्नुहोस » » »

ब्राजिलका विश्व चर्चित फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन

ब्राजिलका विश्व चर्चित फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । केही वर्षयता मिर्गौला र प्रोटेस्टको समस्या झेलिरहेका पेलेको गए राति ब्राजिलस्थित साओपाउलोमा रहेको अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो । पेलेले ब्राजिललाई विश्वकप फुटबल प्रतियोगिताको तीनपटक उपाधि दिलाएका थिए । पेले सहभागी भएको सन् १९५८, १९६२ र १९७० को विश्वकप फुटबल प्रतियोगितामा […]

पुरा पढ्नुहोस » » »

अर्जेन्टिना ३६ वर्षपछि विश्व च्याम्पियन

साबिक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना ३६ वर्षपछि फिफा विश्वकपको च्याम्पियन बनेको छ । साबिक विजेता फ्रान्सलाई टाइब्रेकारमा ४–२ ले पराजित गर्दै अर्जेन्टिना तेस्रोपटक विश्वकपको च्याम्पियन बनेको हो । मेस्सीको कप्तानीमा अर्जेन्टिना पहिलोपटक विश्वकप च्याम्पियन बनेको हो । अन्तिम विश्वकप खेलिरहेका मेस्सीले आफ्नो टोलीलाई च्याम्पियन बनाउन सफल भएका हुन् । […]

पुरा पढ्नुहोस » » »

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन

बेलायती महारानी एलिजावेथ द्वितीयाको बिहीबार राति ९६ वर्षको उमेरमा निधन भएको छ । बेलायती राजप्रासाद बकिङ्घमले विज्ञप्ति जारी गर्दै महारानी एलिजावेथको निधन भएको पुष्टि गरेको हो । केही समय यता बिरामी रहेकी महारानीको स्कटल्याण्डको बालमोरल दरबारमा निधन भएको हो । सन् १९२६ को अप्रिल २१ जन्मनुभएकी एलिजावेथ सन् १९५२ बेलायतको महारानी बन्नुभएको थियो । उहाँ […]

पुरा पढ्नुहोस » » »

अमेरिकी सहायक विदेशमन्त्री आज नेपाल आउँदै

अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु आज बिहीबार नेपाल आउँदैछन् । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री लु दुई दिने भ्रमणमा नेपाल आउन लागेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिकी भ्रमण अन्यौलमा परेका उनी बेला काठमाडौं आउन लागेका हुन् । उनले एमसिसी पारित हुनुअघि कूटनीतिक गृहकार्यका लागि नेपाल आएका थिए । नेपालले स्टेट […]

पुरा पढ्नुहोस » » »

बेलायतका अर्थमन्त्रीले दिए राजीनामा

बेलायतका अर्थमन्त्री ऋषि सुनकले राजीनामा दिएका छन्। बिबिसीका अनुसार प्रधानमन्त्री बोरिस जोनसनसँग असहमति राख्दै सुनकले मंगलबार राजीनामा दिएका हुन्। सामाजिक सञ्जाल ट्विटरमा उनले आफ्नो राजीनामा पत्र राख्दै आमनागरिकले सरकार पूर्ण क्षमतामा ठीक तरिकाले गम्भीरतापूर्वक चलोस भन्ने चाहना राख्नु जायज भएको बताएका छन्। यी मान्यताका लागि लड्नु पर्छ भन्ने लागेकाले आफूले राजीनामा दिएको उनको भनाइ छ। […]

पुरा पढ्नुहोस » » »

रोनाल्डोका जुम्ल्याहामध्ये एक बच्चाको मृत्यु

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिगेजका नवजात जुम्ल्याहा बच्चामध्ये एकको मृत्यु भएको छ । म्यानचेस्टर युनाइटेड तथा पोर्चुगिज फरवार्ड रोनाल्डोले सोमबार राति सामाजिक संजालबाट नवजात जुम्ल्याहा बच्चामध्ये एकको मृत्यु भएको बताएका हुन् । रोनाल्डो र रोड्रिग्वेजले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गहिरो दुःखका साथ हामीले हाम्रो बच्चाको निधन भएको घोषणा गर्न चाहन्छौँ । यो सबैभन्दा […]

पुरा पढ्नुहोस » » »

पाकिस्तानका प्रधानमन्त्री खानविरुद्धको अविश्वास प्रस्ताव पारित

अविश्वास प्रस्ताव संसदबाट पास भएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदबाट हटेका छन् । गएराति संसदमा भएको भोटिङमा अविश्वासको प्रस्ताव १७४ मतले पारित भएपछि इमरान खानको प्रधानमन्त्री पद गुमेको हो । पूर्वराष्ट्रिय क्रिकेट खेलाडी इमरान खान सन् २०१८ को अगष्टमा पाकिस्तानको प्रधानमन्त्री बनेका थिए । इमरान खान अविश्वासको मतबाट पदमुक्त हुने देशका पहिलो प्रधानमन्त्रीसमेत बनेका छन् […]

पुरा पढ्नुहोस » » »

अमेरिकामा गोली चल्दा एक युवतीको ज्यान गयो, दुई जना घाइते

अमेरिकाको न्युयोर्कमा गोली चल्दा एक युवतीको ज्यान गएको छ । घटनामा अन्य दुई जना घाइते भएका छन् । न्युयोर्कमा रहेको साउथ ब्रोन्क्स विद्यालय बाहिर शुक्रबार राति गोली चलेको हो । घटनामा परी १६ वर्षीया युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । उनलाई छातीमा गोली लागेको अधिकारीहरुले जनाएका छन् […]

पुरा पढ्नुहोस » » »

विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुग्यो, चीन सवैभन्दा अगाडि

एजेन्सी । विश्वको जनसंख्या ७ करोड ४० लाखले बढेकोे एक तथ्यांकले देखमएको छ । अमेरिकी तथ्यांक व्यूरोका अनुसार योसँगै विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुगेको छ । चीन अहिले पनि विश्वमै सबैभन्दा धेरै जनसंख्या भएको देश हो भने त्यहाँको जनसंख्या १ अर्ब ४० करोड रहेको छ । चीनलाई पछ्याइरहेको भारतको जनसंख्या १ अर्ब ३८ […]

पुरा पढ्नुहोस » » »