आज इद पर्व मनाउँदै

अरबी पात्रो हिजरी सम्वत अनुसार दसौं महिना (सौवाल) को पहिलो दिन आज मंगलबार देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदउल फित्र पर्व मनाउँदैछन् । दसौं महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन […]

पुरा पढ्नुहोस » » »

आज रामनवमी पर्व मनाइँदै, सार्वजनिक बिदा

चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको […]

पुरा पढ्नुहोस » » »

आज ग्याल्पो ल्होसार मनाइँदै

शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले आज ग्याल्पो ल्होसार विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदैछन् । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्गयालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो । विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने […]

पुरा पढ्नुहोस » » »

स्वस्थानी व्रत आजदेखि सुरु

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लामो स्वस्थानी व्रत आजदेखि सुरु हुँदैछ । यस अवधिमा श्रीस्वस्थानीको व्रत बस्ने, कथा बाचन गर्ने तथा सुन्ने र विभिन्न तीर्थस्थलमा माघ स्नान गर्ने गरिन्छ । पौष शुक्ल चतुर्दशीका दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर स्वस्थानी व्रत र माघ स्नानको सुरुवात गरिन्छ […]

पुरा पढ्नुहोस » » »

पशुपतिनाथको दर्शन गर्दै, पुष १९ गते सोमबारको राशिफल पढ्नुहोस् !

मेष जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाईका साथी र आफन्तलाई ठेस पुग्न सक्छ । बृष लामो समयका अधुरा कामहरू पूरा हुनेछन् । शुभकार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ । प्रेममा खटपट आउन सक्छ । मिथुन नयाँ […]

पुरा पढ्नुहोस » » »

आज तोल ल्होसार मनाइँदै

आज तोल ल्होसार मनाइँदै छ । तोलको अर्थ समयचक्र हो । नेपालका हिमाली जिल्ला डोल्पा, मुगु, मनाङ, हुम्ला, जुम्ला, भुटानी मूल भएर नेपालमा बसोबास गर्नेहरुले हरेक वर्षको पुस शुक्ल प्रतिपदाको दिन मनाउने गर्दछन् । आजको दिन घर आँगन लिपपोत गरी शुद्ध पारिन्छ र स्नान गरी पूजा गरिन्छ । लामा पुरोहितबाट वा घरको मुल व्यक्तिबाट पूजाआजा […]

पुरा पढ्नुहोस » » »

उदाउँदो सूर्यलाई अर्घ दिएपछि सकियो छठ पर्व

आराध्यदेव सूर्यको उपासना गरी मनाइने पर्व छठ आज समापन गरिएको छ । उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व समापन गरिएको हो । छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि राजधानी काठमाडौंसहित तराईका विभिन्न जिल्लामा भक्तजन नदी, तलाउ र पोखरीका किनारमा रातभर जाग्राम बसेका थिए । छठको तेस्रो तथा मूख्य दिन हिजो अस्ताउँदै गरेको सूर्य तथा […]

पुरा पढ्नुहोस » » »

आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अघ्र्य दिइँदै

प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदै छ । छठ पर्वका लागि राजधानीको गुह्येश्वरी, कमलपोखरी, वागमती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ । कात्तिक शुक्ल षष्ठीको बेलुकी गुह्येश्वरी र कमलपोखरीमा राष्ट्रपति विद्या भण्डारीलेले समेत छठ पूजा गर्ने कार्यक्रम रहेको छ […]

पुरा पढ्नुहोस » » »

मधेशमा मनाइने छठ पर्व सुरु, आज पहिलो दिन !

विशेष रूपमा नेपालको मिथिलाञ्चल क्षेत्रमा तराई मधेशमा मनाइने छठ पर्व आजदेखि विधिवत् रूपमा सुरू भएको छ । कार्तिक शुक्ल चतुदर्शी छठको पहिलो दिन हो । यस दिनदेखि छठ पर्व आरम्भ हुन्छ । छठको पहिलो दिनलाई ‘नहाय खाय’ भनिन्छ । यस दिन बिहान सरसफाइ गरी नुहाएर शुद्ध भोजन ग्रहण गरिन्छ । यस दिन एक छाक मात्र […]

पुरा पढ्नुहोस » » »

यमपञ्चकको दोस्रो दिन : काग र कुकुर तिहार मनाइँदै

यमपञ्चकको दोस्रो दिन आज काग र कुकुर तिहार । यस वर्ष काग र कुकुर तिहार एकैदिन पूजा गरि मनाइँदैछ । हिजो बेलुकी यमदीपदान सुरु भएपनि तिहार भने आजदेखि सुरु भएको पञ्चांग निर्णायक समितिले जनाएकाे छ । आज बिहान कागलाई निमन्त्रणा गरेर मिठा मिठा खानेकुरा दिएर काग तिहार मनाइँदैछ । त्यस्तै, आजै कुकुरको पनि पूजा गरिदैछ […]

पुरा पढ्नुहोस » » »